प्रिन्स मिश्रा, कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकामा ९ बहादुरगंजमा रहेकाे नेपालकै दाेस्राे पुरानाे शिवराज अस्पताल अहिले बजेट अभाव र जनशक्ति अभावका कारण सेवा प्रभाव प्रभावित बनेको छ । वि.सं. १९९८ मा स्थापना भएको देश कै दोस्रो पुरानो अस्पताल अहिले बजेट अभावमा अलपत्र परेको हो ।
स्थानिय तहको निर्वाचनसंगै स्थानिय तहमा गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताए । हरेक बर्ष नगरपालिकाले अस्पताल संचालनका लागि बजेट विनियोजित गर्दै आएको भए पनि अस्पतालका लागि आवश्यक उपकारण खरिदका लागि रकम नपुगेको उनको भनाई छ । 'अस्पातलको स्तरउन्नती र प्राविधीक तर्फका लागि संघ र प्रदेश कहि कतैबाट सहयोग प्राप्त नभए नगरपालिकाको बजेटले अस्पताल संचालन गर्न सकिने अवस्था छैन' - उनले भने ।
१५ शैयाको शिवराज अस्पतालमा स्थायि दरबन्दि २८ भए पनि अहिले १ जना एमविविस डाक्टर सहित ८ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले ३ जना एमविविस डाक्टरको दरबन्दिमा १ जना, ल्याबमा २ जना , एक्सरेमा १ जना र एक जना स्टाफ नर्स मात्रै कार्यरत रहेका छन । नगरपालिकाले ३१ जना करारमा कर्मचारी नियुक्ती गरि अस्पताल संचालन गर्दै आइरहेको छ ।
अस्पतालको प्रशासन शाखामा समेत कर्मचारी नहुदाँ सेवा प्रभाव प्रभावित भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गर्दा अस्पतालमा भएका १ जना एमविविस डाक्टरले मात्रैले कोरोनाका विरामी र अनय विरामी चेकजाँच गर्न नसक्ने भएकाले दरबन्दि अनुसारको डाक्टर व्यवस्थापन गर्नु पर्ने अस्पतालका प्रमुख डा. मुकेश कुमार चौधरीले बताए ।
अस्पतालमा अहिले ५ वटा ठूला अक्सिजन सिलिण्डर, ३ वटा साना, अक्सिजन कन्सिटेटर ९ वटा रहेका छन । अस्पतालमा रहेको एक्सरे मेशिन पनि पुरानो छ । अल्ट्रासाउण्ड केहि दिन यता विग्रेको छ । नगरको बजेटले आवश्यक सामाग्री किन्न पुग्दैन । कोरोना तेस्रो लहर बढ्दै गएको अवस्थामा अस्पतालले थेग्न नसक्ने डा.चौधरीले गुनासो गरे ।
कृष्णनगर नगरपालिकासंगै अस्पतालमा शिवराज नगरपालिका, विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका र छिमिकी देश भारतका नागरिकहरुले पनि सेवा लिदै आएका छन ।नगरपालिकाले हरेक बर्ष १ करोड बढि बजेट अस्पतालका लागि विनियोजित गर्दै आएको भए पनि त्यो रकम अपुग भएको व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाहले बताए ।कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्नेहरुका लागि कृष्णनगरमा होल्डिङ सेन्टर सन्चालमा आएको र अब त्यहाँ भेटिने संक्रमितलाई समेत शिवराज अस्पतालबाटै उपचार गर्नुपर्ने भएकोले जनशक्तिको अभाव हुने र नगरपालिकाले थेग्न नसक्ने शाहको भनाइ छ ।
जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल अहिले कर्मचारी बजेट अभावमा जिर्ण बन्दै गएको छ । सोहि अस्पतालबाट सेवा लिदै आएका नजिकै जोडिएका स्थानिय तहले वास्ता नगर्दा पनि अस्पतालमा सुधार हुन सकेको छैन । प्रदेश र संघले समेत अस्पालतको विकासमा ध्यान नदिदाँँ अस्पतालबाट सेवा लिने नागरिक प्रभावित बन्दै आएका छन ।
अस्पतालको स्तरउन्नती गर्न संघमा कांग्रेसका सांसद अभिषेक प्रताप शाह र प्रदेशमा सांसद तथा विपक्षी दलका नेता विरेन्द्र कानोडिया र अर्जुन कुमार के.सि.ले पहल गरे अस्पतालको अवस्थामा केहि सुधार हुने स्थानियकाे भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology