Logo

२०८३, आश्विन ९गते


images
images

लेटरप्याड, छाप र प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति माओवादीको आपत्ति

लेटरप्याड, छाप र प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति माओवादीको आपत्ति

images
  • लेटरप्याड, छाप र प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति माओवादीको आपत्ति
    images
    images

    काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हस्ताक्षर, पार्टीको लेटरप्याड र छाप दुरुपयोग भएकोप्रति आपत्ति जनाएको छ । 

    images
    images
    images

    माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर गरिएको झुटो प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमुदायमा समेत अनुरोध समेत गरेका छन्। 

    images
    images
    images

    'कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ।' विज्ञप्तिमा लेखिएको छ ।

    images
    images
    images

    गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको स्पष्ट पारेका छन् । 

    प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरू भएको उल्लेख गरिएको छ । 
    प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग समेत गरिएको छ ।

    बुधबार बिहानै देखि सामाजिक संजालभरी आजकै मिति राखेर नेकपा माओवादी केन्द्रको लेटरप्याडमा आज सांझ बसेको पार्टीको औपचारिक बैठकले निम्नानुसारको निर्णय गरिएको भन्दै बुंदागत रुपमा भ्रामक प्रचार गरिएको थियो । ‘मन्त्रिमण्डल विस्तार’, एमसिसि तथा अपताफ आलमलाइ रिहाइ गर्न माग लगायतका बारेमा भ्रामक प्रचार भएको थियो ।          received_209492691183236.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।