Logo

२०८३, कार्तिक २८गते


images
images

प्यूठानमा १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरू

प्यूठानमा १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरू

images
  • प्यूठानमा १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरू
    images

    प्यूठान । प्यूठानमा १३ औँ  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरू भएको छ । “स्वस्थ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद , सबैको लागी खेलकुद” मुल नाराको साथ जिल्लाको प्यूठान नगरपालिका विजुवार स्थित गणतान्त्रिक खेलकुद  मैदानमा बिहिबारदेखि प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद  विकास प्यूठानका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले जानकारी दिए । 

    images
    images
    images

    खेलको उद्घाटन लुम्बिनी प्रदेशका श्रम रोजगार उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले गरेका हुन । कार्यक्रममा मन्त्री थापाले प्यूठानमा खेलकुदको व्यवस्थापन कम्जोर रहेको यसलाई व्यवस्थापनमा सुदृढ गर्नुपर्ने आवश्यक रहेको गुनासो गरेका थिए । यदि कुनै कार्यको आयोजना गर्दा विस्तृत रुपमा ज्ञान लिएर गर्दा उपयुक्त हुने र थाहा नभएको कुराहरुमा सबैसँग समन्वय गरेर जादा राम्रो हुने बताएका थिए । जिल्ला स्तरीय खेलकुदभन्दा पालिकाले राखेको खेल धेरै राम्रो रहेको समेत उनको भनाई छ । 

    images
    images
    images

    त्यस्तै खेलकुद कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले खेलकुदलाई व्यवहारीक  र व्यवसायको रुपमा लिएर अगाडी बढेमा आयम आर्जन गर्न सकिने बताएका थिए । खेलकुदले देशको विकास र गरिमामयँ बढाउने एक विधा भएको बताउदै खेलाडीहरुले जसरी मिहिनत गरेर लागी रहनु भएको छ त्यसलाई मध्यनजर गरेर प्रेत्यक स्थानीय तहले पनि खेलकुद क्षेत्रमा बजेट बिनोजन गरी खेलकुदको विकास गर्नुपर्दछ भन्ने विचार व्यक्त गरे । 

    images
    images

      प्रतियोगितामा पाचँ विधामा  खेल खेलाइने आयोजकले जनाएको छ । भलिबल, एथलेटिक्स कराते, टेकान्डो र कवडी रहेकाछन। 

    जिल्ला खेलकुद विकास प्यूठानका अध्यक्ष हुमलाल नेपालीको अध्यक्षतामा सञ्चालन गरीएको खेलकुद प्रतियोगीतमा जिल्लामा रहेका नौ वटै पालिकाका विद्यालयहरुको सहभागीता रहेको छ ।   

    प्रतियोगीता २७ गतेसम्म सञ्चालन हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।