Logo

२०८३, कार्तिक २८गते


images
images

कोसी प्रदेश र पहिचान पक्षधर बीच ५ बुँदे सहमति

कोसी प्रदेश र पहिचान पक्षधर बीच ५ बुँदे सहमति

images
  • कोसी प्रदेश र पहिचान पक्षधर बीच ५ बुँदे सहमति
    images

    काठमाडौं ।एक वर्षदेखि आन्दोलित पहिचान पक्षधर र कोसी प्रदेश सरकार बीच सहमति भएको छ । शुक्रबार दुबैपक्ष बीच ५ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

    images
    images
    images

    सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशको नाम फेर्नका लागि राजनीतिक वातावरण वनाउन संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन् ।

    images
    images
    images

    सहमतिअनुसार अब पहिचान पक्षधरले अन्य दल र समूहका गतिविधिमा निषेध गर्ने गरी जारी आन्दोलनलाई सुधारेर अब शान्तिपूर्ण आन्दोलन गर्ने छन् ।

    images
    images

    पहिचान पक्षधरसँगको सहमतिमा कोसी सरकारले एक वर्षयताको आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क उपचार गरिदिने भएको छ । त्यस्तै आन्दोलनकारीमाथिका मुद्दा प्रदेश सरकारले फिर्ता लिने भएको छ।

    सहमतिमा फागुन १० पहिले नै दुवै पक्षको सहमतिमा फेरि वार्ताको मिति तोक्ने सहमति पनि भएको सरकारतर्फबाट वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए 

    यो वार्ता सफल भएपछि अब प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोको मुख्यमन्त्री केदार कार्कीले बताए । उनले अब प्रदेशमा विकास र समृद्धिले तीव्रता पाउने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।