देवदह । रुपन्देहीको १६ वटै स्थानीय तहमा जनयुद्ध दिवस मनाईएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा नेकपा माओवादी केन्द्र सहितका माओवादी घटकले जनयुद्ध दिवस मनाएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्ध दिवसलाई देशैभर विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपिल गरेसंगै देशका अन्य भागमा झैँ रूपन्देहीमा पनि पालिकाहरूमा विविध कार्यक्रम सहित जनयुद्ध दिवस मनाईएको हो ।
रूपन्देहीको बुटवल उपमहानगर सहित १६ वटै पालिकामा जनयुद्ध दिवस मनाईएको माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसीले जानकारी दिए । 'बुटवल, देवदह, लुम्बिनी, भैरहवा, सैनामैना, तिलोत्तमा सहित सबै पालिकामा अन्तरक्रिया र दीप प्रज्जवलन गरि जनयुद्ध दिवस मनाईएको छ' सेतोमसीसंग संयोजक जिसीले भने ।
जनयुद्ध दिवसमा नेत्रविक्रम चन्द 'विप्लब' नेतृत्वको नेकपासहित सबै माओवादी घटकले सहिदको सम्झनामा दीप प्रज्जलन लगायतका कार्यक्रम गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology