Logo

२०८३, श्रावण ३०गते


images
images

जनयुद्ध दिवस

'परिवर्तनको जग जनयुद्ध'

'परिवर्तनको जग जनयुद्ध'

images
  • 'परिवर्तनको जग जनयुद्ध'
    images
    images

    बुटवल । दश वर्षे जनयुद्ध नै परिवर्तनको जग भएको भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा संचालित दश वर्षे जनयुद्धको ३०औं वर्षगाठको अवसरमा बिहिवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले गणतन्त्र लगायतका उपलब्धिको जग जनयुद्ध भएको बताएका हुन् ।

    images
    images
    images

    'जनयुद्धको उपलब्धि र सिमा' विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले जनयुद्धको गर्भबाट नै गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता उपलब्धि प्राप्त भएको बताए । हजारौं सहिदको सहादतबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको बाटोमा अगाडि बढ्नु पर्नेमा वक्ताहरुले जोड दिए ।

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य 'वसन्त सी'ले दश वर्षे जनयुद्ध इतिहासले सुम्पेको महत्वपुर्ण अविभारा भएको र माओवादी आन्दोलनले पुरा गरेको बताए । "जनयुद्धको गर्विलो इतिहासलाई तोडमोड गर्न केही तत्वहरू लागिरहेका छन् ।" केही पार्टीका नेताले जनयुद्धलाई हिंसा भनेको तर्फ संकेत गर्दै उनले भने, "जनताले लडेर ल्याएको व्यवस्थामा बसेर महान जनयुद्धको अवमुल्यन गर्ने अधिकार उनीहरुलाई छैन ।"

    images
    images
    images

    प्राप्त उपलब्धिलाई रक्षा गर्दै नयाँ उपलब्धि हासिल गर्ने दायित्व सच्चा कम्युनिष्टको काधमा आएको उनको भनाइ छ ।

    नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव घिमिरेले राजतन्त्रसहित सामन्तवादको समूल अन्त्य गरेको माओवादी आन्दोलन अहिले शान्ति र समृद्धिको नेतृत्व गरिरहेको बताए । "राज्य सट्टा वर्गीय हुन्छ, हिजो हामीमाथि निरङ्कुश राज्यसत्ताले दमन गर्यो र त्यसको विरुद्धमा हामी बन्दुक बोकेर युद्धमा होमिएका हौँ ।" नेता घिमिरेले भने, "आजको जति पनि राजनीति, सामाजिक परिवर्तन भएका छन्, त्यसको आधार जनयुद्ध  हो ।"

    कार्यक्रममा वामपन्थी बुद्धिजिवी दिल साहनी, घनश्याम पाठक, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेका जिल्ला सहसचिव वाबुराम पन्थी, एकीकृत समाजवादीका जिल्ला इन्चार्ज नन्दराम बन्जाडे लगायतले बोल्दै  जनयुद्ध नेपाली इतिहासको महत्वपुर्ण अंग रहेकोले यसका उपलब्धिको रक्षा र विकास गर्नु सबैको दायित्व हुने बताए । टुक्रिएको माओवादी आन्दोलनलाई एकीकृत र समग्र वामपन्थी दलहरुको विचमा ध्रुवीकरण गर्दै संविधानले परिकल्पना गरेको समाजवादी आन्दोलनको बाटोमा अगाडि बढ्नु अहिले दायित्व रहेको वक्ताहरुको भनाइ छ ।

    नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण जिसी 'निर्मल' को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनवादी कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।  कार्यक्रमको संचालन नेकपाका जिल्ला संयोजक विरेन्द्र सीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनयुद्ध दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।