Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

एक हप्तामा ४० हजारले अवलोकन गरे देवदह महोत्सव

एक हप्तामा ४० हजारले अवलोकन गरे देवदह महोत्सव

images
  • एक हप्तामा ४० हजारले अवलोकन गरे देवदह महोत्सव
    देवदह महोत्सवमा प्रस्तुती दिंदै कलाकार ज्योति मगर
    images
    images

    देवदह । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव अवलोकन गर्ने दर्शकको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको आयोजकले जनाएको छ । मेलाको सातौ दिनसम्म आइपुग्दा ४० हजार बढीले अवलोकन गरेको मेला मूल आयोजक समितिका संयोजक हरि भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    पहिलो दिन १५० बढी संघसंस्थाको सहभागितामा र्याली सहित उद्धाटन गरिएको महोत्सवको हालसम्म ४० हजार दुई सय ३६ जनाले मेला अवलोकन गरेको संयोजक भण्डारी जानकारी दिए । "हरेक देवदहवासीलाई यो हाम्रो महोत्सव हो र हाम्रै आगनमा हुने महोत्सवमा हामी एकपटक पुग्नै पर्छ भन्ने देखिएको छ ।" संयोजक भण्डारीले संचारकर्मीसंग भने, "अवलोकनकर्ताको उत्साहजनक उपस्थितिले हामीलाई पनि उत्साहित बनाएको छ ।"

    images
    images
    images
    devdaha mahotswa.jpeg


     
    महोत्सवमा हालसम्म राष्ट्रिय कलाकार राजु परियार, अर्जुन सापकोटा, ज्योति मगर, बद्री पंगेनी, तारा थापा, बालचन्द्र बराल, नारायणी खत्री, बन्दना विश्वकर्मा लगायतले प्रस्तुति दिएका छन । राष्ट्रिय कलाकारको प्रस्तुति र स्थानीय कलाकार तथा स्थानीय सांस्कृतिक गतिविधिले दर्शकलाई महोत्सवमा तानिरहेको मेलाका सांस्कृतिक संयोजक तेजु अर्यालले बताए ।
       
    मेलामा रहेका स्थानीय उत्पादन सहितका स्टल, बाल उद्यानसंगै सांस्कृतिक खानाका परिकार चाख्न पनि मेलामा देवदहवासीको भिड लागेको मेलाका सचिवालय संयोजक विष्णु न्यौपानेले बताए ।

    images
    images
    images

    महोत्सवमा अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी सम्पन्न भैसकेको छ । सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ्ग आईडल, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु बाँकी नै रहेको मेला सचिवालयले जनाएको छ ।

    महोत्सवमा गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, पाँच फिटको बुद्धमुर्ति, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहेको र अवलोकनकर्ताको घुइंचो देखिएको जनाईएको छ ।

    महोत्सवमा रहेका पर्यटकियस्थलको फोटो र आकृतिमा फोटो खिच्नेको भिड यहाँ देख्न सकिन्छ ।  

    महोत्सवमा २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको स्थल व्यवस्थापन उपसमिति संयोजक अजय भण्डारीले जानकारी दिएका छन् ।

    कृषि, पर्यटन, उद्योग र व्यापार : देवदह नगर समृद्धिको आधार मूल नारा सहित संचालन गरिएको  महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।