देवदह । मातृभाषालाई राज्यले विभेद गर्दा मातृभाषा लोप हुँदै गएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले मातृभाषा र लिपी राज्यको गहना भएकोले यसको संरक्षण गर्ने दायित्व राज्यको भएको बताए ।
देवदह मदरटङ्गस एकेडेमी देवदह–५, ले २५ औ बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा आयोजित मातृभाषा सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्नेहरुले मातृभाषा संरक्षण, सम्वद्र्धन गर्न सके रोजगार समेत सृजना हुनेमा जोड दिएका थिए । उनीहरुले हरेक विद्यालयमा मातृभाषामा शिक्षा प्रदान गर्न सकेमात्र यसको संरक्षण, सम्वद्र्धन हुने बताए । मातृभाषा संरक्षण, सम्वद्र्धनमा राज्यले लगानी गर्न नसकेको बताउदै विदेशी भाषालाई प्राथमिकता दिएका कारण मातृभाषा लोपहुदै गईरहेको वक्ताहरूको भनाई छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका, नगर शिक्षा अधिकारी टिकाराम शर्माले संविधानले मातृभाषामा शिक्षा लिन पाउने अधिकारी प्रदान गरेको बताए । देवदह नगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रममा मातृभाषालाई समेत जोडेर शिक्षा प्रदान गर्न सकिने उल्लेख गर्दै उनले मातृभाषासंग संस्कृति जोडिएकोले मातृभाषामा शिक्षा प्रदान गर्न आवश्यक रहेको औल्याए ।
सोही अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले मातृभाषाले कानुनी मान्यता नपाएका कारण संरक्षण, सम्वद्र्धन हुन नसकेको बताए । औपचारिक शिक्षाको माध्यमबाट मातृभाषा संरक्षण, सम्वद्र्धन गर्न सकिने उल्लेख गर्दै उनले त्यसको लागि निर्वाचित जनप्रतिनिधिहरुले पहल गर्न आवश्यक रहेको बताए ।
नेपालका राज्यसत्ता संचालकहरुले कानुन बनाएर मातृभाषा मार्ने काम गरेको आरोप लगाउंदै तमु भाषा विद् ठाकुरजंग गुरुङ्गले भाषा, हराए संस्कृति हराउने र संस्कृति हराए जातीय पहिचान हराउने हुदा संरक्षण, सम्वद्र्धृनमा सवै लाग्नु पर्नेमा जोड दिए । देवदह मदरटङ्ग एकेडेमीले विगत २५ बर्षदेखि मातृभाषा संरक्षण गर्ने गरी काम गरिरहेको बताउदै अवका दिनमा विद्यालयलाई भाषिक सिकाई केन्द्रको रुपमा विकास गर्दै जानु पर्ने तर्क गरे ।
देवदह मदरटङ्गस एकेडेमीका प्रवन्ध निर्देशक एवं गुरुङ्ग भाषाका अभियन्ता भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य पुरन गुरुङ्ग, देवदह नगरपालिका–६, का वडाअध्यक्ष खेमबहादुर थापा, २ का वडाअध्यक्ष दलबहादुर साकासकोटी, नेपाल आदिवासी÷जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गको स्वागत र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा सम्पन्न भएको थियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology