देवदह । आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । टोलविकास संस्थाहरूबीच मैत्रीपुर्ण सम्पन्न स्थापित गर्न र लोप हुँदै गरेको डोरी तान्ने खेलको प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको महोत्सवका खेल संयोजक मिलन मास्की रानाले बताए ।
देवदह नगरपालिकाभित्रका १४ वटा टोलविकास संस्था सहभागी प्रतियोगितामा चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । जसमा पोल 'ए' बाट शिवालय टोलविकास संस्था देवदह ६ र संगम टोलविकास संस्था देवदह ३ तथा पोल 'बि' बाट रम्भादेवी टोलविकास संस्था देवदह १० र सृष्टि टोलविकास संस्था देवदह ४ रहेको संयोजक रानाले जानकारी दिए ।
प्रतियोगिताको सेमिफाइनल र फ़ाइनलका खेल आइतबार हुने जनाईएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: आठ हजार, पाँच हजार र तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
फाल्गुन ८ गतेसम्म संचालन हुने महोत्सवमा अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी सम्पन्न भैसकेका छन । सांस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतीसंगै डान्सिङ्ग आईडल, अन्तर आमा समुह लोकगित प्रतियोगिता लगायतका कार्यक्रम संचालित छन ।
२०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको महोत्सवमा बाल उद्यान, सांस्कृतिक खाजासहित स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।
कृषि, पर्यटन, उद्योग र व्यापार : देवदह नगर समृद्धिको आधार मूल नारा सहित संचालन गरिएको महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology