Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

टोलस्तरिय डोरी तान्ने प्रतियोगितामा संगम टोल विजेता

टोलस्तरिय डोरी तान्ने प्रतियोगितामा संगम टोल विजेता

images
  • टोलस्तरिय डोरी तान्ने प्रतियोगितामा संगम टोल विजेता
    images
    images

    देवदह । आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजित डोरी तान्ने प्रतियोगितामा संगम टोलविकास संस्था देवदह-३ विजेता भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा रम्भादेवी टोलविकास संस्था देवदह -१० लाई उपविजेतामा धकेल्दै संगम टोल विजेता भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा शिवालय टोलविकास संस्था देवदह ६ तेस्रो भएको छ भने सृष्टि टोलविकास संस्था देवदह-४ सान्तवना भएको महोत्सवका खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए । 
      
    टोलविकास संस्थाहरूबीच मैत्रीपुर्ण सम्पन्न स्थापित गर्न र लोप हुँदै गरेको डोरी तान्ने खेलको प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको खेल संयोजक मिलन मास्की रानाले बताए ।

    images
    images
    images

    देवदह नगरपालिकाभित्रका १४ वटा टोलविकास संस्था सहभागी प्रतियोगितामा चार टिम सेमिफाइनल प्रवेश गरेका थिए ।  

    images
    images
    images

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: आठ हजार, पाँच हजार र तीन हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

    २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको महोत्सवमा बाल उद्यान, सांस्कृतिक खाजासहित स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।

    कृषि, पर्यटन, उद्योग र व्यापार : देवदह नगर समृद्धिको आधार मूल नारा सहित संचालन गरिएको  महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।