देवदह । रुपन्देहीको देवदहमा आयोजित आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा संचालित डान्सिङ आईडियलको 'टप फाईभ'को सूची सार्वजनिक भएको छ ।
आइडलको 'टप फाईभ' मा छनौट भएका प्रतियोगीबीच सोमबार फाइनल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
टप फाइभमा प्रवेश गर्नेहरूमा ग्रीन प्लान्ट आवासिय माविका ऋतु नेपाली, बुद्ध पब्लिक आवासिय माविका रिमा कुमारी परियार, देवदह माध्यमिक विद्यालयका रक्षा पुन, एमटी डान्स स्टुडियो ढेकारका सन्दिप हरिजन र स्पान्कल डान्स स्टुडियो खैरेनीका अनुराग काफ्ले रहेका छन् ।
माघ २२ गते भएको अडिसनबाट छनौट भएका २० जना प्रतियोगीबाट प्रस्तुति र दर्शकको भोटको आधारमा छनौट गरिदै आएको छ ।
डान्सिङ आईडियलमा विजेता हुनेलाई ३० हजार र उपविजेतालाई २० हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology