देवदह । रुपन्देहीको देवदहमा संचालित आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजित अन्तर आमा समूह लोक गीत प्रतियोगितामा सुन्दर टोल विकास आमा समूह प्रथम भएको छ । देवदह वडा नं ५ मा क्रियाशील सुन्दर टोल आमा समूह प्रतियितामा प्रथम भएको प्रतियोगिताका संयोजक चोली माया रानाले जानकारी दिईन् ।
सात वटा समूहको सहभागिता रहेको प्रतियोगितामा देवदह - ३ मा क्रियाशील शिवालय शिवालय प्रगति आमा समूह दोस्रो भएको छ भने देवदह -५ मा क्रियाशील मितेरी आमा समूह तेस्रो भएको छ ।
सामाजिक कार्यमा सक्रिया आमा समूहबीच मैत्रीपुर्ण सम्बन्ध स्थापना गर्न र आमा समूहका सदस्यमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: ८ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कलाकार भरत थापा र ढाकाराम पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology