Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहसहित रूपन्देहीका विभिन्न स्थानमा चलचित्र 'सिमिनासा' प्रदर्शन हुने

देवदहसहित रूपन्देहीका विभिन्न स्थानमा चलचित्र 'सिमिनासा' प्रदर्शन हुने

images
  • देवदहसहित रूपन्देहीका विभिन्न स्थानमा चलचित्र 'सिमिनासा' प्रदर्शन हुने
    images

    देवदह  । गुरुङहरुको संस्कारसँग सम्बन्धित चलचित्र सिमिनासा प्रदर्शन हुने भएको छ । सिमिनासा अर्थात पितृलोक मान्छेको मृत्युभएपछि पुगिने परलोक सम्बन्धी रहेको छ । 

    images
    images
    images

    मृत्यु संस्कार निकै पिडादायी भएता पनि मृत्युलाई हरेक व्यक्तिले बुझ्नै पर्ने भएकोले यो चलचित्रको निर्माण गरिएको लेखक ई.रोशन गुरुङले बताए 
    । आधुनिक पुस्ताले बिस्तारै बिर्संदै गएको संस्कारप्रति चलचित्रको माध्यमबाट चेतना फैलाउने उद्देश्यले यो चलचित्र निर्माण गरिएको निर्माता सविता गुरुङको भनाई छ । 

    images
    images
    images

    भौतिकवादी दृष्टिकोणबाट हेर्दा मृत्युपछिको संसार रहँदैन भनिएता पनि आध्यात्मिक चेतनाले शरीर र आत्मफरक भएकोले मृत्यु पश्चातको संस्कारलाई मानव इतिहासमा निकै महत्वका साथ हेरिने भएकोले यस्तो खालको चलचित्र निर्माण गरिएको निर्देशक करण गुरुङले बताए ।  चलचित्र व्यावसायिक हिसाबले तडक भडक खालको नभएता पनि ज्ञान र चेतनाको हिसाबले निकै महत्व राख्ने खालको भएको निर्माणकर्ताको भनाई छ । 

    images
    images

    चलचित्रमा मृत्यु पश्चात कर्मकाण्ड नगरे त्यो आत्म दुष्ट आत्ममा परिणत भइ जिवित परिवारजनलाई दुःख कष्ट दिने हुँदा उनीहरुलाई सिमिनासा अर्थात पुत्युपछिको लोकमा पुर्र्याउन पच्यु क्हेप्री र लामाहरुले विधिपूर्वक गरिने अर्घुलाई कथामा समेटिएको छ । 

    चलचित्र गुरुङ र नेपाली भाषा  दुवैमा रहेको छ । यो चलचित्रलाई रुपन्देहीको भैरहवा, देवदह, बुटवल लगायतको ठाउँमा क्रमश प्रदर्शन गर्ने तालिका रहेको जनाईएको छ । 

    चलचित्रमा कलाकारहरु भेष गुरुङ बसन्ती गुरुङ, खुसी गुरुङ, चन्द्र गुरुङ, प्रतिमा गुरुङ, ओम गुरुङ थमन गरुङ लगायत अभिनय रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # 'सिमिनासा' प्रदर्शन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।