Logo

२०८३, कार्तिक २८गते


images
images

प्लम्बरलाई बुटवलमा दुईदिने तालिम सम्पन्न

प्लम्बरलाई बुटवलमा दुईदिने तालिम सम्पन्न

images
  • प्लम्बरलाई बुटवलमा दुईदिने तालिम सम्पन्न
    images

    बुटवल  । बुटवलमा रुपन्देही जिल्ला खानेपानी कर्मचारी समितिलाई प्लम्बरलाई दुईदिने तालिम दिईएको छ । जिल्ला खानेपानी संस्था कर्मचारी समितिको आयोजनामा आइतबारदेखि सोमबार तालिम सम्पन्न भएको हो ।

    images
    images
    images

    तालिमको समापन गर्दै संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख विनोद कुमार भुजेलले पलम्बर पोष्ट नै हटाएको कुनै पनि तालिम दिन नसक्ने तर माग र निवेदन परेमा व्यवस्था गर्नुको साथै पहल सम्म गरिदिने प्रतिबद्धता जनाउनु भयो । केन्द्र सरकारले यस्ता कुनै पनि तालिमका लागि बजेट नछुट्याउदा खानेपानी संस्थालाई सहयोग नगरेको बताउदै प्रविधिका तालिम आवश्यक रहेको बताउंदै उनल  जिल्ला खानेपानी कर्मचारी संस्थालाई तालिम आयोजना गरेकोमा खुसी व्यक्त गरे । सोही कार्यक्रममा  खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ रुपन्देहीका अध्यक्ष धु्रव कुमार धिताल, खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ बुटवल अध्यक्ष भिम प्रसाद न्यौपाने, खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ तिलोत्तमा अध्यक्ष केशवराज न्यौपाने, खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ सैनामैना अध्यक्ष विष्णु प्रसाद पाण्डे, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा, आनन्दबन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष किशोर कुमार क्षेत्री, शंकर उपभोक्ता तथा सरसफाइ संस्था अध्यक्ष झविन्द्र भण्डारी,करहिया उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हेमराज पौडेल र मुर्गिया उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्षले बोलेका थिए। 

    images
    images
    images

     सोमबारसम्म संचालन भएको तालिममा १०० जनाको सहभागिता रहेको थियो । इन्जिनियर आदित्य धितालको सहजिकरण रहेको थियो ।  

    images
    images

    तालिमको समापन समारोहको अध्यक्षता अध्यक्ष नवराज न्यौपाने, संचालन सचिव सुर्य चापागाई र स्वागत उपाध्यक्ष दिनेश आचार्यको रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्लम्बरलाई तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।