Logo

२०८३, कार्तिक २८गते


images
images

तनहुँ जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

तनहुँ जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

images
  • सेतोमसी सहकर्मी
  • तनहुँ जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
    images

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ। जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

    images
    images
    images

    घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

    images
    images
    images

    दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    रमाइलो माहोल एकाएक शोकमा बदलियो

    छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो। केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो। आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो। दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो। तर अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो।

    आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो। दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ ।

    आँबुखैरेनी-६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए। उनले भने,  ‘खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ। गाउँ शोकमा डुबेको छ।’

    गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो। त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो। उनले भने, ‘दुई वटा गाडी घर पुगिसकेको थियो। आफन्तहरू चढेको बोलेरो जीप दुर्घटना भयाे। घाइतेहरू पनि आफन्त नै हुन्।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।