Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

१० करोडको आर्थिक कारोवार गर्दै सकियो आठौँ देवदह महोत्सव

१० करोडको आर्थिक कारोवार गर्दै सकियो आठौँ देवदह महोत्सव

images
  • १० करोडको आर्थिक कारोवार गर्दै सकियो आठौँ देवदह महोत्सव
    images
    images

    देवदह । १० करोड रुपैयाको आर्थिक कारोवार गर्दै देवदहमा संचालित आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव -२०८० सकिएको छ । मंगलबार एक कार्यक्रमबीच देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलको उपस्थितिमा १३ दिनसम्म संचालित महोत्सवको समापन गरिएको हो । 

    images
    images
    images

    समापन समारोहमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै  मेला मूल आयोजक समिति संयोजक तथा उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारीले महोत्सव सफल भएको बताए । लक्ष्य अनुसार १० करोड बराबरको ब्यापार भएको र एक लाख दर्शकले मेला अवलोकन गरेको दावी गर्दै उनले मेलाले कृषि, पर्यटन र व्यापार सबैक्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बताए ।

    images
    images
    images

    स्थानिय उत्पादनमा दर्शकको आकर्षण बढेको र स्थानिय उत्पादनको महोत्सवले प्रवर्धन गरेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले देवदह नगरपालिका, देवदहमा क्रियाशील राजनीतिक दल र संघ संस्थाको सहयोगमा महोत्सवले अपेक्षाकृत लक्ष्य हासिल गरेको बताए । 

    images
    images
    images

    समापन समारोहमा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले सबै व्यवसायिक संघ संस्थाको सहकार्यमा मेला महोत्सव हुने हुँदा यसलाई निरन्तरता दिनुपर्ने बताए । स्थानिय उत्पादन र स्थानिय कला संस्कृतिको उन्नयनमा महोत्सव केन्द्रित हुनुपर्ने उल्लेख गर्दै नगर प्रमुख खरेलले कसरि स्थानीय अर्थतन्त्र चलायमान गराउने र मेलाको गरिमा कसरी कायम राख्ने भन्नेमा मेला आयोजक संस्थाले ख्याल गर्नुपर्ने सुझाब दिए । 

    देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे लगायतको उपस्थिति रहेको समापन समारोहमा नेपाली काँग्रेसका नेता बासुदेव रिमाल, नेकपा एमालेका नेता केशब भट्टराई, नेकपा माओवादी केन्द्रका नेता गोविन्द ठटराई, उद्योग व्यापार संघका कोषबहादुर गुरुङ लगायतले बोलेका थिए । 

    समापन समारोहमा महोत्सवका विभिन्न उपसमिति संयोजक र सहयोगी संघसंस्थालाई सम्मान गरिएको थियो । 

    यसैगरी महोत्सवको उद्धाटन समारोहमा आयोजित र्यालीमा सहभागी १५० बढी संघ संस्था र विद्यालयमध्येबाट प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुने र्यालीलाई समापन समारोहमा सम्मान गरिएको छ । घोषित नतिजा अनुसार सगरमाथा आवासिय माध्यमिक विद्यालयको र्याली उत्कृष्ट ठहर भएको छ । त्यसैगरी नेवा पुचः र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय देवदह शाखा तथा महाकाली महिला समुहको र्यालीलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।

    विज्ञान प्रदर्शनीमा सगरमाथा प्रथम 

    महोत्सवमा आयोजित विज्ञान प्रदर्शनीमा देवदह-७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा सहभागी विद्यालयमध्येमा सर्वाधिक अंक प्राप्त गरि सगरमाथा प्रथम भएको हो । 

    aathau devdaha mahotswa bigyan pradarshani .jpeg

    प्रतियोगितामा देवदह इंलिश बोर्डिंग स्कुल दोस्रो भएको छ भने केरवानी माध्यमिक विद्यालय तेस्रो भएको छ । त्यसैगरी सेभेन स्टार इंलिश बोर्डिंग स्कुल सान्तवना भएको जनाईएको छ । 

    उत्कृष्ट विज्ञान प्रदर्शनीलाई आयोजकले नगद, ट्रफी र प्रमाणसहित सम्मान गरिएको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।