Logo

२०८३, आश्विन १२गते


images
images

उजेरी होमस्टेमा सामुदायिक भवनको शिलन्यास

उजेरी होमस्टेमा सामुदायिक भवनको शिलन्यास

images
  • उजेरी होमस्टेमा सामुदायिक भवनको शिलन्यास
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका–६, उजेरीमा सामुदायिक भवनको शिलायन्स गरिएको छ । देवदह नगरपालिकाको २४ लाखमा लागतमा निर्माण हुने सामुदायिक भवनको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले संयुक्त रुपमा शिलायन्स गरेका हुन ।

    images
    images
    images

     देवदह नगरपालिका–६, उजेरीमा अहिले होमस्टे संचालन भईरहेको अवस्थामा सामुदायिक भवन शिलायन्सले एउटा ईट्टा थप्ने काम भएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले कृषि र पर्यटनको माध्यमबाट देवदहलाई सुखी र समृद्धि नगर बनाउने गरी काम भईरहेको बताए । उनले होमस्टे संचालनको लागि स्थानीय उत्पादनलाई विशेष जोड दिए । नगर प्रमुख खरेलले पर्यटन नै समृद्धिको आधार भएकोले होमस्टे मार्फत देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने  बताए  । उनले रोहिणी नदीको प्रवद्र्धनले मात्र देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकोले रोहिणीको संरक्षणको लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्ने बताए । उनले देवदहको उजेरीलाई होमस्टेको रुपमा विकास गर्नको लागि मगर संस्कृति संरक्षण गर्न आवश्यक रहेको औल्याए । उनले पर्यटन क्षेत्रको विकासको लागि भौतिक पुर्वाधार आवश्यक रहेकोले उजेरी होमस्टे प्रवद्र्धनको लागि सामुदायिक भवनको अवधारणा अगाडि बढाएको बताए । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले होमस्टेलाई व्यवस्थित रुपमा संचालन गर्न सकेमात्र आर्थिक विकास गर्न सकिनेमा जोड दिइन । उनले देवदह पर्यटनको संभावना बोकेको क्षेत्र भएकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागिरहेको बताउदै त्यसको लागि सवैले आ–आफनो ठाउबाट सहयोग गर्नुपर्ने बताइन ।

    images
    images
    images

     उजेरी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–६, का वडाअध्यक्ष खेमबहादुर थापा, समाजसेवी यज्ञप्रसाद गैरे, बेद गिरी, मोतीलाल ढकाल, प्रकाश अर्याल, नेपाल मगर संघ देवदहका अध्यक्ष मनबहादुर राना, नगर शिक्षा समिति सदस्य मित्रलाल न्यौपाने, पुर्ववडा अध्यक्ष केशव भट्टराई, देवदह प्रेस क्लवका विष्णुप्रसाद पोखरेल लगायतले आ–आफना भनाई राखेका थिए  । 

    उजेरी सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव सम्झाना रिङ्गजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामुदायिक भवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।