Logo

२०८३, आश्विन १०गते


images
images

नामिबियासँग नेपालको अर्को हार

नामिबियासँग नेपालको अर्को हार

images
  • सेतोमसी सहकर्मी
  • नामिबियासँग नेपालको अर्को हार
    images
    images

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नामिबियासँग दोस्रो हार बेहोरेको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार बेहोरेको हो।

    images
    images
    images

    यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। 

    images
    images
    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पार गर्‍यो।

    images
    images
    images

    नामिबियाका लागि कप्तान जेराल्ड इरासमसले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा करण केसीबाट क्याच हुनुअघि उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

    नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाए पनि इरासमस र मिकेल भानले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। भानले कुशल मल्लबाट आउट हुनुअघि ३१ रन जोडे। 

    अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न नसके पनि जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले अन्तिमसम्म ब्याटिङ गरेर नामिबियालाई जित दिलाए। 

    स्मिथले ६६ बल खेलेर नटआउट ३४ रन जोडे भने ट्रम्पलम्यानले १६ रनमा आउट भए।

    बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशले एक-एक विकेट हात पारे।

    नेपाल १६८ रनमा अलआउट

    नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रनमा अलआउट भयो। 

    नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। कप्तान रोहित पौडेलसहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्। 

    ६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए।

    अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो।

    खेलमा कप्तान रोहित पौडेल पनि चल्न सकेनन्। २४ ओभरमा आउट भएका रोहित ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले  २६ रन जोड्दा  नेपालको रन केही बढेको थियो।

    दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा ४ रनमा आउट भए।

    ३५औं ‌ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। उनले २६ रन बनाए।

    यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे। 

    बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६.१ ओभरमा ३४ रन खर्चिए।

    अब शुक्रबार नामिबिया र नेदरल्यान्ड्स तथा आइतबार नेपाल र नेदरल्यान्ड्सबीचको खेलपछि यो सिरिज सकिनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नामिबियासँग नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।