गजल : एउटा निष्कर्ष निकालौं अब ...
एउटा निष्कर्ष निकालौं अब विचारबाट
भ्यागुता किन निस्कँदैन यो इनारबाट।
कोही दानी छन् कोही यतिसम्म किन भए?
आखिर सबैले त जानुपर्छ संसारबाट।
सबैको भरोसा गर्न सकिदैन यत्ति बुझौं
एकदिन बेइमान ठगिन्छ बफादारबाट।
थाहा पाइदैन मन हराएको सुचनाहरू
सुन हराएको थाहा हुन्छ अखबारबाट।
दाइसँग बहिनीलाई नपठाउनु आमा
कोही कोही मात्र फर्केका छन् बजारबाट।
- अम्बिका कार्की, चितवन
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology