देवदह । देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नगरस्तरीय अन्तर माध्यमिक विद्यालय छात्र भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगिताको फाइनल खेलमा जनप्रिय माध्यमिक विद्यालय भलुहीलाई हराउदै बुद्ध पव्लिक आवासीय मावि प्रथम भएको हो ।
बिजेता बुद्ध पव्लिक माविले नगद ९ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता टिम जनप्रिय माध्यमिक विद्यालयले नगद ७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो भएको केरवानी माविले नगद ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको खेल संयोजक विराज क्षेत्रीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको नगरस्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिताको फाइनल खेलमा विजयी टोलीलाई देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
फागुन १८ गते विद्यालयको स्वर्ण महोत्सव मूल समारोह आयोजना गरेको विद्यालयले सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन नगर स्तरीय भलिबल खेल सम्पन्न गरेको हो ।
त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सांस्कृतिक कार्यक्रम सहित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, नगरस्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम रहेकोे मुल आयोजक समितीका अध्यक्ष छविलाल घर्ती जिसीले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology