Logo

२०८३, आश्विन ९गते


images
images

देवदह मेयर कप : फाइनलमा वडा नं ५ र १२ भिड्ने 

देवदह मेयर कप : फाइनलमा वडा नं ५ र १२ भिड्ने 

images
  • देवदह मेयर कप : फाइनलमा वडा नं ५ र १२ भिड्ने 
    images
    images

    देवदह । तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिताको उपाधीका लागि वडा नम्वर ५ र वडा नम्वर १२ वीच प्रतिस्पर्धा हुने भएको छ । सम्पन्न पहिलो सेमिफाईनल खेलमा वडा नम्वर ५ ले वडा नम्वर ३ लाई हराउदै फाईनलमा प्रवेश गरेको हो भने दोश्रो सेमिफाईलन खेलमा वडा नम्वर १२ ले वडा नम्वर ७ लाई हराउदै फाईनलमा प्रवेश गरेको हो । 

    images
    images
    images

    प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्वर ७ लाई शुन्यका विरुद्ध ५ गोल गर्दै वडा नम्वर १२ विजयी भएको हो । खेलको पहिलो हाफमा एक गोल गरेको वडा नम्वर १२ ले दोश्रो हाफमा थप ४ गोल गर्दै शुन्यका विरुद्ध ५ गोल अन्तरले विजयी भएको हो । पहिलो हाफको २० औं मिनेटमा जर्सी नम्वर ७ का दिलिपराज भरले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी दोश्रो हाफको २ मिनेटमा जर्सी नम्वर ११ का खेलाडी सन्दिप सुस्लिङ्गले एक गोल गरे । खेलको ८ औं मिनेटमा जर्सी नमवर ७ का खेलाडी दिलिपराज भरले थप एक गोल गर्न सफल भएका थिए । यसैगरी जर्सी नम्वर १० का खेलाडी मदन गाहाले खेलको १३ औं र १७ औं मिनेटमा गरी २ गोल गरेका थिए । 

    images
    images
    images

    प्रतियोगिताको दोश्रो सेमिफाईनलमा शुन्यका विरुद्ध एक गोल गर्दै वडा नम्वर ५ विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा अन्तिम समयमा वडा नम्वर ५ का जर्सी नम्वर ७ का खेलाडी सुमन थापाले गरेको गोल नै निर्णायक हुन पुग्यो । यता वडा नम्वर ३ ले खेलमा गोल गर्ने धेरै अवसर प्राप्त गरेपनि गोल गर्न नसकेपछि खेलबाट बाहिरिएको छ । 

    images
    images
    images

    प्रतियोगिता अन्र्तगतको फाईनल खेल भोली सोमवार हुने नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिए । 

    देवदह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ५१ हजार  र उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।