Logo

२०८३, कार्तिक २८गते


images
images

पत्रकार देव बहादुर पाटामगरको  स्मृतिमा अन्तर संवाद

 पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद समयमै समाधान गर्नुपर्छ :  सांसद श्रेष्ठ 

 पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद समयमै समाधान गर्नुपर्छ :  सांसद श्रेष्ठ 

images
  •  पत्रकार महासंघले संस्थापक अध्यक्षको विवाद समयमै समाधान गर्नुपर्छ :  सांसद श्रेष्ठ 
    images

    बुटवल । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश  सांसद भोज प्रसाद श्रेष्ठले  सत्यतथ्यमा आधारित रहेर  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुङ्गो लगाउनु पर्ने बताए । पत्रकार स्व. देव बहादुर पाटामगरको पन्ध्रौं  स्मृति दिवसमा सोमबार  बुटवलमा आयोजित ‘आदिवासी जनजाति पत्रकारहरुका सवाल विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले आदिवासी जनजाति पत्रकार  महासंघले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन भन्दै उठाएकाका कुरालाई पत्रकार महासंघले सत्यतथ्यमा आधारित रहेर समयमै समाधान गर्नु पर्नेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय  उपाध्यक्ष सरु रानाले अहिले नेपाल आदिवासी जनजाति पत्रकार  महासंघ संघीय समिती नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने विषयमा चरणबद्ध रुपमस आन्दोलन चलिरहेको बताए । कार्यक्रममा लुम्विनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल   लगायतले बोलेका थिए । 

    images
    images
    images

    कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षता, कोषाध्यक्ष  मीन रानाको स्वागत तथा सचिव राज चौधरी र सहसचिव आकृति थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images

    बुटवलबाट प्रकाशित  राज्यसत्ता साप्ताहिकमा सम्पादकको जिम्मेवारी निभाएका स्व. देव बहादुर पाटा मगरको वि.स. २०६५ साल फागुन १४ गते बुटवल लखनचोक चौराहमा सडक दुर्घटनामा परि निधन भएको थियो । स्व. पाटा फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देव बहादुर पाटामगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।