देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजीत चित्रकला प्रतियोगितामा देवदहको बुद्ध पब्लिकआवासिय माविका छात्र धिरज बानिया प्रथम भएका छन्।
प्रतियोगितामा केरवानी माविका छात्र निश्चल सुवेदी दोस्रो भए भने सगरमाथा आवासीय मावीका छात्रा आस्ना खरेल तेस्रो भएकी छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तेजु अर्यालले बताए ।
प्रतियोगितामा विजेता विद्यालयलाई कार्यक्रमका पुर्व मन्त्री तथा लुम्बिनी प्रदेशका सांसद अब्दुल रज्जाक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती जी.सी लगायतले पुरस्कार वितरण गरेका थिए।
सोही अवसरमा विद्यालयको स्वर्ण महोत्सवका लागि आर्थिक सहयोग गर्ने चन्दादातालाई आज एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology