देवदह । सगरमाथा आवासीय मा .वि. देवदह-७, शीतलनगरमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको चित्रकला र सिर्जनशील क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।
सगरमाथा आर्ट एण्ड क्राफ्ट क्लबको आयोजना र बाल क्लब अफ सगरमाथाको सक्रियतामा भएको प्रतियोगितामा करिब २५० विद्यार्थीले तहगत चित्रकला प्रतियोगितामा सहभागिता जनाएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागिहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरु हरेक क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्नका लागि निरन्तर सक्रिय हुनुपर्ने बताए । आफुलाई प्राप्त भएको अवसरको सदुपयोग गरी चौतर्फी क्षमता बढाउन सकेमा अहिलेको प्रतिस्पर्धात्मक युगमा सफल हुन सकिनेमा उनले जोड दिए ।
विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिता सगरमाथा आर्ट एण्ड क्राफ्ट क्लबका अध्यक्ष पुस्कल पाण्डेको अध्यक्षता र विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक दधिराम ज्ञवालीको संयोजकत्वमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology