देवदह । सगरमाथा सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कुलले देवदह स्थित सोमबारे हाटबजारमा रुखको हाँगाले लागेर घाइते बिरामीको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बिरामीको स्वास्थ्य अवस्था गम्भिर रहेको र उपचार खर्चमा समस्या भएको जानकारी पाएपछि शिक्षक तथा कर्मचारीहरुबाट स्वेच्छिक रुपम संकलन गरिएको ३५ हजार रुपैंया बिरामी माया सापकोटाका श्रीमान हेमन्त सापकोटालाई हस्तान्तरण गरिएको हो ।
करिब एक महिना अघि देवदह स्थित सोमबारे हाटबजार जाने क्रममा सोही स्थानमा रुखको हाँगा भाँचिएर लाग्दा देवदह-७, शीतलनगर निवासी सापकोटा गम्भीर घाइते भएकी थिइन् । उनको हाल बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको जनाइएको छ ।
घाइते मायाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयका प्रचार्य कृष्णप्रसाद पौडेलले आफुहरुले गरेको सानो सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गरेको जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology