Logo

२०८३, आश्विन १७गते


images
images

वातावरण

मुटु दिवसको अवसरमा सगरमाथाका विद्यार्थीद्धारा सडक सरसफाइ

मुटु दिवसको अवसरमा सगरमाथाका विद्यार्थीद्धारा सडक सरसफाइ

images
  • मुटु दिवसको अवसरमा सगरमाथाका विद्यार्थीद्धारा सडक सरसफाइ
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले विश्व मुटु दिवसको अवसर पारेर सडक सरसफाइ गरेको छ । विद्यालयको ‘इको क्लव’को सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले देवदह-७ स्थित शितलनगर चोकदेखि विद्यालय हुँदै स्वर्णिम सगरमाथा कलेजसम्मको करिब एक किलोमिटर सडक क्षेत्र सरसफाइ गरेका हुन् ।

    images
    images
    images

    विद्यालयका स्कुल क्याप्टेन तथा कक्षा १२ की छात्रा शिक्षा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत े ‘इको क्लव’का सदस्य तथा अन्य विद्यार्थी गरी ३० जनाको सहभागिता रहेको थियो ।  

    images
    images
    images

    sagarmatha sarsaphaai.jpg

    images
    images
    images

    शिक्षकद्वय कृष्ण न्यौपाने र कृष्ण आचार्यले सहजीकरणमा भएको सरसफाइ कार्यक्रमका क्रममा विद्यार्थीहरूले शितलनगर चोक आसपास तथा सडक क्षेत्रमा फालिएका प्लास्टिक, सिसालगायतका नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए । 

    सरसफाई कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले स्वच्छ र सफा समाज निर्माणमा विद्यार्थीहरूको उल्लेखनीय भूमिका रहने बताए । ‘विद्यार्थीहरूमा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं ।’ प्राचार्य पौडेलले भने, ‘विद्यार्थीलाई सामाजिक रूपमा जिम्मेवार र उत्तरदायी नागरिक बन्न उत्प्रेरित गर्न पनि यस्ता यस्ता कार्यक्रमहरु प्रभावकारी हुन्छन् ।’ 

    शिक्षासँगै सामाजिक उत्तरदायित्वप्रति सचेत र जिम्मेवार युवा शक्ति निर्माण गर्ने उद्देश्यले सरसफाइ तथा सामाजिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।