Logo

२०८३, आश्विन १०गते


images
images

सहकारीमा चोरी गर्ने गिरोह पक्राउ गर्न माग

सहकारीमा चोरी गर्ने गिरोह पक्राउ गर्न माग

images
  • सहकारीमा चोरी गर्ने गिरोह पक्राउ गर्न माग
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा फागुन ९ गते सहकारीमा भएको चोरी तथा तोडफोडमा संलग्न गिरोहलाई खोजी गरि पक्राउ गर्नका लागि सहकारी संस्थाहरुले ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    बिहिबार प्रेस बिज्ञप्ति जारी गर्दै सहकारी संस्थाहरुले चोरी भएको लामो समय हुँदा पनि घटनामा संलग्न व्यक्तिहरु पक्राउ नपरेकोप्रति प्रहरी प्रशासनको पुनः ध्यानाकर्षण गराइएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    देवदह-६ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, सारथी कृषि सहकारी संस्था लिमिटेड, शुभलक्ष्मी साकोस र राधाकृष्ण दुग्ध सहकारीमा एकैपटक चोरी तथा तोडफोड भएको थियो । राधाकृष्ण दुग्ध सहकारीबाट नगद तथा अन्य सहकारीको सिसिटिभीको हार्डडिस्क चोरी भएको थियो ।

    images
    images
    images

    प्रेस विज्ञप्तिमा सहकारीका अध्यक्षहरू साना किसान सहकारीका टिका न्यौपाने, शुभलक्ष्मी  सहकारीका कुल प्रसाद अधिकारी, सारथी सहकारीका दिल्लीराज शर्मा चापागाईं र राधा कृष्ण सहकारीका अध्यक्ष तेज प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 

    सहकारीको तोडफोड र चोरी प्रकरणको अनुसन्धान के भैरहेको छ भन्ने प्रश्नम प्रहरीले  अनुसन्धान जारी रहेको र अझै केही दिन लाग्न सक्ने बताएको छ । 

    यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

    यहि मिति २०८० साल फागुन ०९ गते बुधबार राती जिल्ला रुपन्देही देवदह नगरपालिका वडा. नं ६ स्थित साना किसान कृषि सहकारी संस्था लि देवदह, सारथी कृषि सहकारी संस्था लि. देवदह, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. र राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था लि. देवदहमा एकै पटक भएको चोरी प्रति खेद प्रकट गर्दछौ साथै उक्त घटनामा संलग्न व्यक्तिहरु हालसम्म पनि पक्राउ नपरेको प्रति प्रहरी प्रशासन तथा संवन्धित निकायको पुनः ध्यानाकर्षण गर्न चाहान्छौ ।

    स्थानीय स्तरमा सदस्यहरुको हितमा सहकारीको माध्यमबाट सेवा प्रदान गर्दै आएका सहकारीहरु प्रतिको चोरी राज्यको सुरक्षा प्रतिको गम्भिर प्रश्न भएको हुदा अभिलम्ब चोरीमा संलग्न व्यक्तिहरुको खोजीकार्यमा तिव्रता दिदै नीजहरुलाई पक्राउ गरि दोषी उपर कडा भन्दा कडा कारवाहीको निम्ति जोडदार माग गर्दछौ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।