देवदह । तिलोत्तमामा अवस्थित बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले आयआर्जन समूहलाई सहयोग गरेको छ । स्वरोजगारमा सहयोग पुर्याउने उद्देश्यले १४ वटा आयआर्जन समुहलाई सहयोग गरिएको जनाईएको छ ।
आय आर्जन समूहलाई १८ महिनासम्मको लागि एक लाख विना व्याज ॠण उपलब्ध गराईएको वनका अध्यक्ष लिलबहादुर क्षेत्रीले जानकारी दिए । एक लाख ठूलो रकम नभएपनि आयआर्जन समूहलाई कार्यसम्पादन गर्न सहजता प्रदान होस् भन्ने उद्धेश्यले रकम उपलब्ध गराईएको उनको भनाई छ ।
हरेक तीन महिनामा अन्तरक्रिया गर्ने र त्रैमासिक प्रतिवेदन समूहले वनलाई उपलब्ध गराउनुपर्ने वनले जनाएको छ ।
सामुदायिक वनले हरेक आय आर्जन समुहलाई रजिष्टर र माइन्युट राख्नको लागि बाकस समेत हस्तान्तरण गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology