Logo

२०८३, कार्तिक २८गते


images
images

शिवरात्रीको पुर्वार्धमा देवदहमा सामाजिक सचेतना र्‍याली

शिवरात्रीको पुर्वार्धमा देवदहमा सामाजिक सचेतना र्‍याली

images
  • सेतोमसी सहकर्मी
  • शिवरात्रीको पुर्वार्धमा देवदहमा सामाजिक सचेतना र्‍याली
    images

    देवदह । रुपन्देहीको देवदहमा सामाजिक सचेतना र्‍याली अर्न्तगत चैतन्य झाँकी प्रदर्शन गरिएको छ ।  पर्व महाशिवरात्रीको अवसरमा ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालय देवदहको आयोजनामा उक्त चैतन्य झाकी प्रदर्शन गरिएको हो । 

    images
    images
    images

    समाजमा पछिल्लो समय बढिरहेको विकृति, विसंगति तथा लागुऔषधी दुर्व्यसनी विरुद्ध सचेतना र्‍याली अर्न्तगत चैतन्य झाकी प्रदर्शन गरिएको ब्रहमाकुमारी ईश्वरी विश्व विद्यालय देवदह प्रमुख सरिता दिदीले बताएकी छन । 

    images
    images
    images

    कार्यक्रमको एक कार्यक्रमबीच देवदह नगर प्रमुख धुव्रप्रसाद खरेलले उद्घाटन गरे । सो अवसरमा देवदहको खैरेनीमा शिवरात्रीको अवरमा प्रयोग गरिने भाङ्ग, धतुरोलाई गलत तरिकाले प्रयोग गर्ने गरेका कारण सचेतना सडक नाटक प्रस्तुत गरिएको छ ।

    images
    images

     समाजमा अहिले पनि लागुऔषधको दुर्व्यसनी बढिरहेको र त्यसलाई न्यूनिकरण गर्न ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालय लागेको संस्थाको दावी छ  ।

     देवदहको खैरेनी चोकदेखि शुरु भएको सामाजिक सचेतना र्‍याली अर्न्तगत चैतन्य झाकी शिवालय टोल, शितलनगर, भलुही, टटेरा, भवानीपुर हुदै देवदह–२, ढेकावरमा पुगेर समापन भएको थियो । 

    सामाजिक सचेतना र्‍याली पछिको सभामा नगर प्रमुख खरेल, नगर प्रवक्ता गणेश डुम्रे, नेपाली कांग्रेसका नगर सभापति गुनाखर भुर्तेल, स्थानिय गोपाल ढकाल, पार्वती न्यौपाने, वालकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।