Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलमा पोखरेलीको सानदार प्रदर्शनी:अधिकांस मेडल पोखरालाई

बुटवलमा पोखरेलीको सानदार प्रदर्शनी:अधिकांस मेडल पोखरालाई

images
  • बुटवलमा पोखरेलीको सानदार प्रदर्शनी:अधिकांस मेडल पोखरालाई
    images
    images

    रुपन्देही । बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगिताबाट पोखराले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको छ ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै पोखराकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते ।

    images
    images
    images

    ४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५, ७–५ को नतिजा निकालेको थियो । त्यस्तै, लोक गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले ५५ वर्ष माथिको डबल्समा स्वर्ण जिते । उनीहरुले फाइनल खेलमा बिमल वाइबा र हिमाल शाहको जोडीलाई ३–६, ७–५ र १०–६ ले पराजित गरेका थिए ।

    images
    images
    images

    ३५ वर्ष माथिको डबल्समा अनिल शाही र सिमान्त गुरुङ्गको जोडीले सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीलाई ६–३, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । मेन्स डबल्सतर्फ आशिष खड्का र आयुष्मान घले जोडीले स्वर्ण जिते । उनीहरुले सक्षम बिक्रम शाह र आर्यन गिरीको जोडीलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधी जितेका हुन् । ४५ वर्ष माथि सिंगलतर्फ गोपीबहादुर भट्टराईले दोश्रो स्थान हाँसिल गरे । फाइनल खेलमा उनी कमल भण्डारीसंग ६–१, ६–१ ले पराजित हुन पुगेका थिए ।

    जित पछि प्रतिक्रिया दिंदै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले यो पोखराका लागि ऐतिहाँसिक सफलता भएको बताए । ‘यो टुर्नामेण्टमा प्राप्त पदकले अब पोखरा टेनिसमा पछि छैन भन्ने प्रमाणित गरेको छ’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।