Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता हुने

देवदहमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता हुने

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता हुने
    images

    देवदह । रुपन्देहीको देवदहमा दोस्रो उपमेयर कप अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । देवदह नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता संचालन हुने भएको हो ।

    images
    images
    images

    आइतबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । देवदह -५ को पानबारी खेलमैदानमा हुने विद्यालय स्तरीय भलिबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहने खेल संयोजक कमल प्रसाद पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टिमले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक पाण्डेले बताए ।

    images
    images

    खेलमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । देवदह नगरपालिकाको कुल ४ लाख पचास हजार बजेटमा संचालन हुन लागेको खेल फागुन २१ गतेदेखि २३ सम्म ३ दिन संचालन हुनेछ ।

    उद्घाटन खेल सगरमाथा आवासीय मावि र एसियन लाइट इङलिस बोर्डिङ स्कुलबिच हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।