Logo

२०८३, कार्तिक २८गते


images
images

थ्रेसर मसिनमा परेर देवदहमा एकजनाको मृत्यु

थ्रेसर मसिनमा परेर देवदहमा एकजनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • थ्रेसर मसिनमा परेर देवदहमा एकजनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थ्रेसर मसिनमा परेर एक जनाको मृत्यु भएको छ । देवदह–४, विजयपुरमा रहेको इन्द्रेणी प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा थ्रेसर मसिनमा परेर एक जनाको मृत्यु भएको देवदह प्रहरी चौकीले जनाएको छ । 

    images
    images
    images

    थ्रेसर मसिनमा परेर पाल्पा जिल्ला तिनाउ गाउपालिका–३, कोलडाडा तथा हाल देवदह–३, टटेरा निवासी बर्ष ५१ का लिलासरा दर्लामीको मत्यृ भएको देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।  

    images
    images
    images

    इन्द्रेणी प्लाष्टिक उद्योग परिसरमा भएको घटना पछि घाईतेलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा डाक्टहरुले मृत घोषणा गरेको प्रहरी जनाएको छ । 

    images
    images

    कम्पनीमा काम गर्ने क्रममा थ्रेसर मसिनमा परेर दर्लामीको मृत्यु भएको र पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको कम्पनी संचालक धकेश्वर भट्टराईले जानकारी दिए । संचालक भट्टराईका अनुसार मृतक दर्लामीका श्रीमान भारतमा रहेको र उनी आएपछि पोष्टर्माटम गरिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।