Logo

२०८३, कार्तिक २८गते


images
images

पर्यटकीय गन्तव्य बन्दै बागलुङको नरसिंंहकोट

पर्यटकीय गन्तव्य बन्दै बागलुङको नरसिंंहकोट

images
  • सेतोमसी सहकर्मी
  • पर्यटकीय गन्तव्य बन्दै बागलुङको नरसिंंहकोट
    images

    काठमाडौं । निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने नरसिंहकोट पश्चिम क्षेत्रको पर्यटकीय गन्तव्य बन्न लागेको छ । गाउँपालिकाले पर्यटकीय स्थल बनाउन भुरे राजाहरूका पालादेखि नै रहेको पुरानो नरसिंहकोट मन्दिर अहिले पुनर्निर्माण गरिएको छ । मुलुकमा संघीयता आएसँगै स्थानीय सरकारले चासो देखाएपछि यहाँको महत्व बढ्दै गएको स्थानीय दिलेन्द्रबहादुर राम्जालीले बताए । चार हजार पर्वतको कोटका रूपमा परिचित यस क्षेत्रको विकासका निम्ति गाउँपालिकाले पुराना मन्दिर पुनर्निर्माण र मर्मत–सम्भार गरेको हो ।  

    images
    images
    images

    पूर्वाधार विकासमा ७६ लाख खर्च
    यहाँको पूर्वाधार विकासका निम्ति गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ र चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । दुई वर्षपहिले सांसद ज्ञानकुमारी छन्त्यालको क्षेत्र विकास कोषबाट १६ हजार रुपैयाँ विनियोजन गरी मन्दिर मर्मत र पदमार्ग बनाउने काम गरिएको थियो ।

    images
    images
    images

    एकैठाउँमा पाँचवटा मन्दिर 
    धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न एकैठाउँमा छुट्टाछुट्टै देवीदेवताका पाँचवटा मन्दिर निर्माण गरिएको छ । जसमा नरसिंककोट, कालिका, नन्देली, भीमसेन र जयन्तीका मन्दिर रहेका छन् । यसका साथै वनभोज स्थल, शौचालय, अतिथिगृह, भ्यू प्याइन्ट र पैदल मार्गलगायतका संरचना निर्माण गरिएको छ ।

    images
    images

    मन्दिरमा पञ्चबलि चढाउने चलन
    मन्दिरमा विशेष गरी बडादसैं, वैशाखे पूर्णिमा र मंसिरको पूर्णिमामा दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्छ । ‘दसैंका वेला नौ दिनसम्म मन्दिरमा नै आई उपासु बस्ने चलन छ ।’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘यस मन्दिरमा पञ्चबलि चढाउने चलन छ, यस क्षेत्रलाई बडिगाड, तमाखोला, ढोरपाटनका साथै प्युठान जिल्लाका अर्खा क्षेत्रका बासिन्दाले पनि कोटका रूपमा मान्दै आएका छन् ।’ करिब ६७ रोपनी क्षेत्रफलमा फैलिएको यस क्षेत्रको जग्गा नरसिंहकोट मन्दिरको नाममा रहेको छ ।

    आधा दर्जन हिमाल देख्न सकिने 
    यहाँबाट बुर्तिबाङ बजार, गुल्मीको नेटा, पाल्पाको बतासे डाँडा, म्याग्दीको सोले, गुर्जा, प्युठानको पञ्चासे क्षेत्र र रुकुम जिल्लाका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरवरिपरि जंगल छ भने केही तल ठूलो पोखरी पनि छ । सामुद्रिक सतहदेखि झन्डै पाँच हजार फिटको उचाइमा रहेको यस क्षेत्रबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका आधा दर्जन हिमालहरू देख्न सकिन्छ । यस क्षेत्रको विकासका निम्ति स्थानीय प्रदेश र संघीय सरकारबाट आवश्यक बजेट छुट्याएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको वडाअध्यक्ष तेजेन्द्रविक्रम कुँवरले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागलुङको नरसिंंहकोट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।