काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले युवालाई घमण्डी, निरंकुश र स्वेच्छाचारी नहुन अनुरोध गरेका छन् । घमण्डको बाटो नहिड्नुस केपी ओली जस्तो बार्दलीमा पुगिन्छ भन्दै नेता नेपालले युवालाई जिम्मेवार र अनुशासित हुन आग्रह गरेका हुन् ।
अखिल फोर्सले काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता नेपालले युवाहरू पारदर्शी हुनुपर्ने बताए । मन्तव्यमा नेता नेपालले युवाहरुलाई घमण्डको बाटोमा हिँड्दा बार्दलिमा पुगिन्छ भन्ने कुराको हेक्का राख्न सुझाव समेत दिए ।
मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाई थियो । म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्दै सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा नेता नेपालले जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology