देवदह । सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा हरि प्रसाद चालिसे चयन भएका छन् । मंगलबार दाङमा सम्पन्न भएको भेलाले चालिसेको अध्यक्षतामा प्रदेश कमिटि गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मोतिलाल ढकाल, प्रकाश बैद्य, सचिवमा विश्व प्रकाश अधिकारी, कोषाध्यक्षमा लालु राना र सहसचिवमा कृष्ण भुसाल चयन भएको केन्द्रले जनाएको छ ।
सहकारी केन्द्रको भेलामा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, सहकारी केन्द्रका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रविन्द्र केसी लगायतले बोल्दै सहकारीमा देखिएका समस्या समाधान गर्न सहकारीकर्मीले भूमिका खेल्नुपर्ने बताएका थिए ।
नवनिर्वाचित कमिटिको पहिलो बैठकले प्रदेशका १२ वटा जिल्ला र १०९ वटै पालिकामा शाखा विस्तार गर्ने र सहकारीकर्मी संगठित गर्ने निर्णय गरेको जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology