Logo

२०८३, आश्विन १२गते


images
images

बागलुङमा थालियो वरपीपलका चौतारी संरक्षण अभियान

बागलुङमा थालियो वरपीपलका चौतारी संरक्षण अभियान

images
  • सेतोमसी सहकर्मी
  • बागलुङमा थालियो वरपीपलका चौतारी संरक्षण अभियान
    images
    images

    बागलुङ। पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।

    images
    images
    images

    सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो। मासिँदै आएका वरपीपल चौतारीले मौलिक सम्पदा गुमेको भन्दै चौतारी संरक्षण अभियान थालिएको छ।

    images
    images
    images

    सडक विस्तारका क्रममा सार्वजनिक स्थलमा रहेका चौतारी र वरपीपल मासिन थालेपछि नयाँ चौतारी निर्माण गर्ने र भइरहेका चौतारीलाई मर्मतसम्भार गर्ने अभियान थालिएको छ। बागलुङ नगरपालिका–३ देउराली चोक नजिकैको हनुमानपौवाको चौतारी पुनःनिर्माण गरिएको छ।

    images
    images
    images

    सडक विस्तार र पहिरोका कारण चौतारी भत्किएर बस्नै नमिल्ने भएपछि स्थानीय तीर्थप्रसाद श्रेष्ठको सहयोगमा चौतारी संरक्षण गर्न थालिएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसीले जानकारी दिए।

    “हनुमान पौवामा पाँच वर्ष पहिलासम्म परम्परागत धारोमा पानी आउँथ्यो, चिटिक्क परेको चौतारी थियो तर सडक विस्तार र पहिरोका कारण जमिन भासिँदा सार्वजनिक शौचालयसहित चौतारो भत्किएको थियो”, वडाध्यक्ष केसीले भने, “बागलुङ बजारको प्रवेशद्वारमै चौतारो भत्किएको थियो, त्यसैले स्थानीय तीर्थ श्रेष्ठको आर्थिक सहयोगमा अहिले चौतारी, शौचालय र खानेपानीको काम भएको छ।”

    पछिल्लो समय बागलुङ बजारभित्र रहेका वरपीपल चौतारी मासिनेक्रम बढेकाले संरक्षण गर्न दाताको सहयोग पाएको वडाध्यक्ष केसीको भनाइ छ । हनुमानपौवामा सुन्धाराको जस्तै खानेपानीको धारा रहेकामा पछिल्ला वर्षमा संरक्षण अभावमा भत्किएकाले पुनःश्रेष्ठकै सहयोगमा खानेपानीको धारा पुनःनिर्माण गरिएको हो।

    बागलुङ नगरपालिका–१ रामरेखास्थित सहिद पार्कअघि हालै नयाँ चौतारी निर्माण गरिएको छ । वरपीपल चौतारी मासिने सन्दर्भमा यहाँ भने नयाँ चौतारी बन्नु सुखद रहेको पाइएको छ।

    यस्तै बागलुङ नगरपालिका–८ सिँगाना थापाथर नजिकै फागुन महिनामै श्रमदानबाट नयाँ चौतारी निर्माण गरिएको छ। घर नजिकै रहेको चौतारी पहिरोले पुरेपछि स्थानीयको पहलमा सडक छेउको घुम्तीमा चौतारी निर्माण गरिएको स्थानीय युवा राजीन खड्काले बताए। खड्काले गाउँमा युवा जुटेको समयमा श्रमदान गरेर सडक छेउमा चौतारी निर्माण गरेको बताए।

    “सार्वजनिक सम्पत्तिका रुपमा रहेका चौतारी मासिनेक्रम बढेकाले थापाथर जाने सडकको घुम्तीमा यहाँका युवाको सक्रियतामा चौतारी चिनिएको छ, आर्थिक सहयोग जुटाएर प्लास्टरसहित रङरोगन गरी चिटिक्क पार्ने हाम्रो योजना छ”, खड्काले भने “रोजगारीका लागि विभिन्न देशमा गएका युवा घर फर्केका समयमा श्रमदान गरेर बनाइएको चौतारीमा वरपीपल भने सार्न बाँकी छ ।”

    सडक विस्तारका क्रममा सयौँ वरपीपल चौतारी मासिएका सन्दर्भमा बागलुङमा चौतारी संरक्षण गर्न स्थानीय अग्रसर भएका हुन्। रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चौतारी संरक्षण अभियान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।