Logo

२०८३, कार्तिक २८गते


images
images

'स्थानीयस्तरमा विट पत्रकारिताको आवश्यकता'

'स्थानीयस्तरमा विट पत्रकारिताको आवश्यकता'

images
  • सेतोमसी सहकर्मी
  • 'स्थानीयस्तरमा विट पत्रकारिताको आवश्यकता'
    images

    देवदह । स्थानीयस्तरमा विट पत्रकारिताको आवश्यकता रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । देवदह प्रेस क्लबको तेस्रो स्थापना दिवसको अवसरमा देवदहमा आयोजित 'स्थानीय तहमा पत्रकारिता : अवसर र चुनौती' विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरूले विट पत्रकारिता नै अहिलेको आवश्यकता रहेको बताए । 

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार सिद्धिचरण भट्टराईले संचारमाध्यमले समाजको आवश्यकता अनुसारका कार्यक्रम प्रस्तुत गर्नुपर्ने बताए । सामुदायिक संचारसंस्थाले के गर्ने र निजि संचारसंस्थाले के गर्ने ? कसले कस्ता कार्यक्रम प्रस्तुत गर्ने ? भन्नेमा मिडियाकर्मीहरू सजग हुनुपर्ने उल्लेख गर्दै भट्टराईले राज्यका तीन अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एकै ठाउमा रहेको स्थानीय सरकार सूचना र समाचारको ठूलो स्रोत रहेको बताए । विधागत रिपोर्टिंङ्ग अबको आवश्यकता रहेको उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै रेडियो देवदहका संस्थापक स्टेसन म्यानेजर यम रानाले मिसन पत्रकारिताको आवश्यकताबारे चर्चा गरे । समाजलाई विचारले नै नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै रानाले पत्रकारितामा व्यावसायिकतासंगै यसको मिसनबारे पनि संचारकर्मी प्रष्ट हुनुपर्नेमा जोड दिए । पत्रकारिताका चुनौती र अवसर समयक्रमसंगै फेरिरहने उल्लेख गर्दै उनले चुनौती सामाना गरेर नै अगाडि बढ्नुपर्ने बताए । 
     
    कार्यक्रममा देवदह प्रेस क्लबका सल्लाहकार पवन पौडेल, क्लबका सल्लाहकार तथा देवदह साप्ताहिकका सम्पादक रामबहादुर गुरुङ, रेडियो देवदहका कार्यकारी प्रमुख दीपक न्यौपाने, नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यसमिति सदस्य टंक सुनार, पत्रकार तथा लेखक लक्ष्मण न्यौपाने, धनलाल सुवेदी, थानेश्वर लम्साल, नविन लुइंटेल लगायतले बोल्दै पत्रकारहरूले  सुशासन र पारदर्शिता कायम गर्ने गरी कलम चलाउनुपर्ने बताए । राज्यको चौंथो अंग पत्रकारिता र पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्नेमा जोड दिंदै उनीहरूले गुणस्तरीय समाचार सामग्री उत्पादन गर्न र तथ्याङ्कमा आधारित खोजमुलक पत्रकारिता गर्न सके पत्रकारितामा अवसरको कमि नभएको विचार व्यक्त गरे । 

    images
    images

     कार्यक्रममा देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले पत्रकारले दैनिक जीवनमा भोगिरहेका समस्या र देखिएका अवसरबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्लबका उपाध्यक्ष कमला अर्यालको स्वागत र सचिव निर्मल थापाको संचालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।