Logo

२०८३, आश्विन ११गते


images
images

रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु

images
  • रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु
    images
    images

    चैत्र ३० बुटवल - सोमबार रुपन्देहीमा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिनु भयो ।

    images
    images
    images

    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला, कपिलवस्तुका ७९ वर्षीय पुरुष र अर्घाखाँचीको मालारानी ५ की ७९ वर्षीया महिला रहेको गौतमले जानकारी दिनुभयो ।

    images
    images
    images

    butwal_corona_hospital_PXffW7Y5dF_WwdsJWlymF.jpgरुपन्देही तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन्। 
    यस्तै अर्घाखाँचीकी महिलामा  र कपिलबस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको सोही दिन कोरोना विशेष अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो । तीनै जनामा ज्वरो, दम, निमोनिया जस्ता समस्या देखिएको थियो।

    images
    images
    images

    केहि दिनयता कोरोना संक्रमण बढ्न थालेपछि नागरिकहरूमा त्रास थपिएको छ। छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर चलिरहदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।