बलेवा (बागलुङ) – बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो ।
बस मध्यपहाडी लोकमार्गबाट एक सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुग्नुभएका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए। घटनाको थप विवरण आउन बाँकी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology