Logo

२०८३, आश्विन ९गते


images
images

कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान

कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान

images
  • सेतोमसी सहकर्मी
  • कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान
    images
    images

    बुटवल  । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ। 

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो। 

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई उचित सम्मान दिइने बताए। उनले बुटवलको प्रतिष्ठा बढाउने टीमलाई प्रोत्साहन गर्नका लिग नगरले विशेष सम्मान गर्ने योजना बनाएको बताए। 

    images
    images
    images

    उनले बुटवलले खेल क्षेत्रमा अब्बल बनाउने उदेश्यका साथ लगानी गरिरहेको र त्यसअनुसारको प्रतिफल प्राप्त भइरहेको बताए । 

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले खेलाडीको योगदानको सम्मान गर्दै थप प्रोत्साहन गर्ने बताइन्। 

    नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलाडीहरुले कडा मेहनतका साथ उपबिजेता भएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने गरी लगानी गर्ने बताए। 

    भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनलमा मेलौली नगरपालिकासँग बुटवल उपमहानगरपालिका पराजित भएको थियो। प्रतियोगितामा प्रथम भएको मैलौलीले १ लाख ५० हजार र  उपविजेता बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कबड्डी प्रतियोगिता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।