Logo

२०८३, कार्तिक २८गते


images
images

रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने

रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने

images
  • सेतोमसी सहकर्मी
  • रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने
    images

    काठमाडौं । मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने भएको छ।मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम गरिरहेको छ।
                                                                                     सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउने लगायतका काम गर्न ७ चैतदेखि मसान्तसम्म तीन हप्ता सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयको सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन्।

    images
    images
    images

    आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो।७ चैतबाट बिहान १० बजेदेखि ४ र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने शर्माले बताइन्।

    images
    images
    images

    यो आर्थिक वर्षसम्म रुरूको रिडीदेखि गुल्मी दरबारसम्म सडक निर्माण हुनेछ।विकल्पको लागि पानीट्यांकी–थोर्गा स्यालपोखरी–साल बिसौनीदेखि रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी, लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी र घुम्ती–चारापाला–खज्र्यांग हुँदै रिडीको सडक प्रयोग गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ।
    मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा ४१ किलोमिटर सडक निर्माणको काम सुरु भएको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिडी–तम्घास खण्ड
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।