Logo

२०८३, श्रावण ३०गते


images
images

विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याइदै !

विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याइदै !

images
  • विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याइदै !
    images
    images

    काठमाडौ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । 

    images
    images
    images

    शेरबहादुर देउवा प्रधानमन्त्री भएपछी प्रचण्डले अब नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङमा ल्याउने बताएका थिए । 
    प्राधिकरण उर्जा मन्त्रालय अन्तर्गत पर्छ। उर्जा मन्त्रालयमा माओवादी केन्द्रकी नेता पम्फा भुषाल मन्त्री छिन् ।

    images
    images
    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोही अनुसार मन्त्री भुसालले अहिलेका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनेकि थिइन । उता शाक्यले राजिनामा दिन अस्विकार गरेको बुझिएको छ । राजीनामा दिन अटेर गरेपछि उनीसँग स्पष्टिकरण सोध्ने तयारी भएको छ । स्पष्टिकरण सोधेर हटाउने गरी सरकार अगाडि बढेको छ ।

    images
    images
    images

    नेपालबाट लोडसेडिङ अन्त्यका लागि ठुलो भूमिका खेलेका कुलमानलाई ल्याउँदा सकारात्मक सन्देश जाने सरकार पक्षको विश्लेषण छ । कुलमानलाई तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले बिधुत प्राधिकरणको नेतृत्वमा ल्याएका थिए । 

    लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको ४ बर्षे कार्यकाल सकिएपछि फेरि उनलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्न दबाब थियो। तर केपी शर्मा ओली सरकारले कुलमानलाइ बिदाइ गरेर सुरुमा लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाएको थियो । त्यसपछि २०७७ माघ २६ गते ओली सरकारले नै शाक्यलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।