देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदहले पार्टी पदाधिकारी र पार्टीबाट निर्वाचित वडा अध्यक्षलाई प्रशिक्षण दिएको छ । बुधबार देवदहमा एक कार्यक्रमबीच पार्टीले नगर पदाधिकारी, वडा पदाघिकारी र निर्वाचित वडा अध्यक्षलाई प्रशिक्षित गरेको पार्टी नगर सचिव गणेश डुम्रेले जानकारी दिए ।
पार्टीका नीति, विधि, सिद्धान्त र पार्टीको दृष्टिकोणबारे कार्यकर्तालाई प्रशिक्षित गरिएको कार्यक्रममा पार्टी नगर कमिटी पदाधिकारीका काम, कर्तव्य, अधिकार, बैठक संचालन बिधि, माइन्युट लेखन लगायत पार्टीबाट आयोजित कार्यक्रमको प्रभावकारी संचालनबारे प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा पार्टीको बिगतको काम, भाबी रणनीति र नगर कमिटीले गर्नुपर्ने आगामी कार्ययोजना विषयमा प्रशिक्षित गरिएको नगर पार्टीले जनाएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव तथा सङ्गठन विभाग प्रमुख यज्ञ गैरे, जिल्ला उपसचिव चित्रबहादुर कार्की, जिल्ला स्कुल विभाग प्रमुख युवराज घिमिरे लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा पार्टी नगर अध्यक्ष केशव भट्टराई, उपाध्यक्ष कोषबहादुर गुरुङ, सचीव गणेश डुम्रे सहित १५० बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology