गजल : विचार गर्नेले धेरै कुरामा …
विचार गर्नेले धेरै कुरामा विचार गर्छ
बच्चाले पो नगर है ! भनेको बिगार गर्छ ।
तिमी चितामा देखेपछि म पनि मरेकी हुँ
जिवित सोचेर उसले मलाई प्रहार गर्छ ।
आमा र श्रीमती एउटै रुखबाट लडेछन्
डाक्टर छोराले पहिला कस्को उपचार गर्छ ?
रोकथाम गर्न ध्यान दिदैंन सरकारले
जब घटना घट्छ त्यसपछि उद्धार गर्छ ।
यो कुरामा तपाईं विल्कुल चिन्ता नलिनुस्
दुख बुझ्नेले दुखको शृङ्खला पार गर्छ ।
- अम्बिका कार्की, चितवन
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology