राहुल देव सापकोटा, युके । संयुक्त राज्य बेलायतको नटिङ्गम सहरमा सोमबार नेपाली भजन महोत्सव सम्पन्न भएको छ । साझा नेपाली समाज बेलायतद्वारा आयोजित कार्यक्रममा बेलायतका विभिन्न सहरबाट नेपालीहरु नटिङ्गमको कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. चिन्तामणी नाथ योगीले हिन्दु धर्मको चर्चा गर्दै प्रदेशमा रहेर पनि नेपाली परम्परालाई जगर्ने गरेकोमा आभार व्यक्त गरे। उनले आफ्ना बालबालिकालाई सानैबाट धर्म संसाकार सिकाउनुपर्ने बताए ।
कार्यक्रममा बेलायतका विभिन्न सहरबाट करीब चार सय नेपालीहरुको उपस्थिति रहेको थियो । डोली शर्माको नेतृत्वमा पशुपती कल्चरल ट्रष्ट स्कटलैन्डको भजन समुह, राम पन्थीको नेतृत्वमा नटिङगहम नेपाली भजन समूह, प्रविण खरालको नेतृत्वमा शान्ति नेपाली समाजको भजन समुह, पुन्डरी अर्यालको नेतृत्वमा श्रृजनसिल नेपाली समाज भजन समुहको प्रस्तुति रहेको थियो ।
कार्यक्रम साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता र संस्थाका महासचिव सशांक शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology