Logo

२०८३, कार्तिक २८गते


images
images

असिना पानीले अन्नवालीमा क्षति, केरवानी माविमा झन्डै २० लाखको कृषिबाली र संरचना नष्ट

असिना पानीले अन्नवालीमा क्षति, केरवानी माविमा झन्डै २० लाखको कृषिबाली र संरचना नष्ट

images
  • असिना पानीले अन्नवालीमा क्षति, केरवानी माविमा झन्डै २० लाखको कृषिबाली र संरचना नष्ट
    images

    देवदह । गएराती असिनासंगै परेको बर्षाले रुपन्देहीको देवदह क्षेत्रका अन्नवालीमा क्षति पुर्याएको छ । असिनासंगै आएको बर्षाले पाक्न लागेको गहु वाली, मसुरो तथा मकै, तरकारीमा ठुलो क्षति गरेको छ । 

    images
    images
    images

    देवदह क्षेत्रका केही स्थानहरु डुवानमा समेत पर्ने गरि आएको वर्षातले मानवीय क्षति नभएपनि अन्नबालीमा क्षति गरेको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    बर्षाका कारण पाकेको गहुवाली र मसुरो बाढीले बगाएको तथा जलमग्न अवस्थामा पुगेकोले वर्षाले किसान मारमा परेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । "केही स्थानमा डुवान भएपनि प्रहरी प्रशासन तथा जेसिवी प्रयोग गरेर बर्षाको पानी खोल्ने काम गरियो र मानविय क्षति हुन सकेन तर किसानको अन्नबालीमा भने बर्षाले क्षति गरेको छ" प्रवक्ता डुम्रेले भने । 

    images
    images

    केरवानी माविमा झन्डै २० लाखको क्षति 

    यसैगरी बर्षाका कारण केरवानी माध्यमिक विद्यालयमा करिव १५ देखि २० लाखको क्षति भएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिएका छन् । "कचरार खोलामा पुलको काम भईरहेकोले खोलामा आएको सम्पूर्ण बाढी केरवानी माविमा पसेर विद्यालयमा लाखौंको क्षति भयो" प्रअ ढुंगाना भने, "कचरार खोलाकोबीच भागमा पुल निर्माण गर्ने क्रममा थुपारेर राखिएको सामाग्रीका कारण विद्यालयको क्षति हुन पुग्यो ।" 

     केरवानी माध्यमिक विद्यालयमा कषि धारको पढाई हुने र त्यसको लागि व्यवहारिक शिक्षा आवश्यक रहेकोले माछा पोखरी, टनेल निर्माण गरि माछा पालन र तरकारी खेती गर्दै आईरहेको थियो ।  बाढीले माछा पोखरीमा नोक्सान गरि माछा बगाएको छ भने गहुवाली र तरकारी खेती समेत बगाएर नष्ट गरेको छ । 

    बाढिले केरवानी माविको बाउण्डरी तथा टनेलमा समेत क्षति पुगेको जनाईएको छ । 

    असिनासंगै परेको बर्षाका कारण भएको क्षतिको वास्तविक आइनसकेको देवदह नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # असिना पानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।