देवदह । महामाया भवानी माद्यामिक विद्यालयले एसईइ दिने परिक्षार्थीहरुलाइ बिदाइ गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि परिक्षाको शुभकामना सहित विद्यार्थीलाई विदा गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती जिसिले परीक्षामा बिद्यार्थीहरु निडरका साथ सहभागी हुनुपर्ने बताए । उनले एसइईलाई कुनै फलामे गेट, फलामको चिउराजस्तो डरलाग्दो विषयका रूपमा नलिन आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ऋषिश्वर अर्यालले विद्यार्थीले अनुशासन र मर्यादालाई ख्याल गरेर परिक्षामा सहभागी हुनुपर्ने बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, विद्यार्थी सायन रेग्मी लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology