गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ५, हटियास्थित हिमालय आधारभूत विद्यालयका पूर्व शिक्षक रामप्रसाद भण्डारीलाई उनका शिष्य नरेशकुमार भण्डारीले सम्मान गरेका छन् ।
बिहिबार विद्यालयको ६५औं वार्षिक उत्सवमा आयोजित एक समारोहमा धुर्कोट परमानन्द बहुमु्खी क्याम्पसका उप–प्राध्यापक रहेका भण्डारीले आफ्नो हालसम्मको प्रगतिमा गुरुहरुको अतुलनिय योगदान रहेको भन्दै सम्मान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र खत्रीले गुरुलाई दोसल्ला, माला र करुवाले सम्मान गरिएको जानकारी दिए ।
उनले भण्डारीबाट गत वार्षिक उत्सवमा पनि अक्षर चिनाउने गुरु डिलाराम भण्डारीलाई यस्तै सम्मान गरेको बताए ।
कार्यक्रममा सम्मानित भएका पूर्व शिक्षकले गुरु र चेला बीचमा प्रगाढ सम्वन्ध हुने भन्दै यस्तो सम्मानले आफुहरुको नैतिक शिक्षा सार्थक भएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology