Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा ६७औं सहकारी दिवस विशेष अन्तरक्रिया कार्यक्रम

देवदहमा ६७औं सहकारी दिवस विशेष अन्तरक्रिया कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा ६७औं सहकारी दिवस विशेष अन्तरक्रिया कार्यक्रम
    images

    देवदह । देवदहमा ६७औं राष्ट्रिय सहकारी दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ, रुपन्देही र सहकारी सञ्जाल देवदहको आयोजनामा 'सहकारीका समस्या, चुनौती र समाधानका उपाय' विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images

    अन्तरक्रियामा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले सहकारीको माध्यमबाट देशको आर्थिक विकास गर्न सकिने बताए । सहकारीले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउदै उनले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । सहकारीहरुले शेयर सदस्यहरुलाई मध्यनजर गर्दै योजना निर्माण गर्न आवश्यक रहेकोमा जोड दिंदै नगर प्रमुख खरेलले आमनागरिकले जम्मा गरेको रकमको सुरक्षा दिने काम सहकारीको जिम्मेवारी भएकोले सोही अनुसार काम सहकारीहरूलाई निर्देशन दिए । 

    images
    images
    images

    सहकारी सञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी महासंघका केन्द्रिय सदस्य टिका न्यौपाने, राष्ट्रिय सहकारी विकास बोर्डका पुर्व संचालक प्रकाश अर्याल, जिल्ला सहकारी संघका सदस्य निर्मला अधिकारी लगायतले बोलेका थिए । 

    images
    images

    कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपानेले सहकारीको समस्या, चुनौतीको विषयमा सहजीकरण  गरेका थिए ।   

    सहकारी सञ्जाल देवदहका उपाध्यक्ष माया सापकोटाको स्वागत र सचिव गोविन्द ठड्राईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ६७औं सहकारी दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।