Logo

२०८३, कार्तिक २८गते


images
images

कास्कीको भदौरेमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ९जना घाइते

कास्कीको भदौरेमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ९जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • कास्कीको भदौरेमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ९जना घाइते
    images

    राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेस्थित थामडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

    images
    images
    images

    घाइते हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षका धनराज सुनार, सोही ठाउँका ७ वर्षका बालक आरुष विक, वर्ष ४१ का राजकुमार विक, ५० वर्षकी देउमाया केसी छन् ।

    images
    images
    images

    यसैगरी पोखरा-३३ खोलाखेतका ५८ वर्षका लक्ष्मण कामी, कार्कीतगराका ५० वर्षका लक्ष्मण सुनार, अन्नपूर्ण-५ सल्यानका ३३ वर्षका प्रकाश सुनार, वर्ष १४ की सोविसा सुनार, वर्ष २ का सुप्रिम सुनार दुर्घटनामा घाइते भएका छन् ।

    images
    images

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    आज दिउसो पोखराको हरिचोकबाट भदौरे जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप दिउसो ३ः३० बजे भदौरेस्थित थामडाँडामा दुर्घटनामा परेको हो । जीप सडकबाट करिब १०० मिटर तल खसेको वडाध्यक्ष आइन्दल गुरुंगले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भदौरेमा जीप दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।